साउदीमा जरिवानामा परेका श्रमिकलाई दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध

 साउन ३०, २०८० मंगलबार ११:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ साउदीमा कार्यरत हुनुहुन्छ र कम्पनी वा कफिलले तपाईँलाई जरिवाना लगाएको छ ? यदि छ भने आफ्नो विवरण साउदीमा रहेको नेपाली दूतावासमा टिपाउनुहोस् ।

दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहँदा विभिन्न कारणले कम्पनी वा कफिल(रोजगारदाता)ले जरिवाना वा फाइन लगाएको भएमा दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ ।

रोजगारदाता वा कम्पनीले फाइन लगाएका श्रमिकको विवरण सङ्कलन गरी दूतावासले श्रमिक माथि लगाएको जरिवाना मिनाहामा पहल गर्ने छ । 

सूचनामा दूतावासले भनेको छ ‘विवरण सङ्कलन भएपछि उनीहरूको जरिवाना वा फाइन मिनाहाको प्रक्रिया अघि बढाई स्वदेश पिर्तीका लागि पहल गर्ने छौँ, त्यसका लागि पहिला कति जनाले यो समस्या भोगिरहनुभएको छ भन्ने तथ्याङ्क आवश्यक छ ।’

दूतावासमा https://sa.nepalembassy.gov.np/registration-form/ मार्फत अनलाइनबाटै आफ्नो विवरण टिपाउन सकिन्छ ।

यसबारे थप जानकारी आवश्यक भएमा दूतावासमा ०११ ४६१११०८ नम्बरमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिन्छ । दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म ०११२८८३७९५ नम्बरसमेत खुला रहने दूतावासले जनाएको छ ।

यस्तै नेपाली महावाणिज्यदूतावास जेद्दामा ०५०००२१४०९ मा सम्पर्क गरेर समेत बुझ्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अजय क़ुमार चौधरी

    Aug. 16, 2023, 3:24 a.m.

    जेरीबोना १०००

  •  0 Reply

तपाईको प्रतिक्रिया