वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? आँखा पाक्ने रोगको लक्षण भए फर्काइदिन सक्छन् एयरलाइन्सले

 साउन ३१, २०८० बुधबार १२:४६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? यदि आजभोलि नै विदेश उड्ने टिकट छ भने आफूमा आँखा पाक्ने रोग नभएको कागजात पनि साथमा बोक्नुहोस् ।

किनकि पछिल्लो समय नेपालमा फैलिएको आँखा पाक्ने रोगका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ भने कतिपय एयरलाइन्सले पनि आफूमा आँखा पाक्ने कुनै पनि रोग नभएको भन्ने प्रमाणित हुने कागज साथमा बोक्ने सूचना जारी गर्न थालेका छन् ।

आँखा पाकेको बिरामी भएका यात्रुलाई विमानस्थलबाट विभिन्न एयरलाइन्सहरूले फकाइदिन समेत थालेका छन् । तर विमानस्थलले भने आँखा पाकेका बिरामी यात्रुलाई यात्रा गर्न दिने या नदिने भन्ने बारे निश्चित मापदण्ड भने नबनाएको तर एयरलाइन्सहरूले यात्रुको अवस्था हेरेर सम्झाइ बुझाइ फर्काएको हुन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताउनुभयो । 

‘यो रोग तीव्र रूपमा फैलिएको हुँदा कोही यात्रुमा पनि सङ्क्रमण भयो भने पक्कै पनि निको नभई त यात्रा गर्नु हुन्न नै होला तर यदि टिकट नै काटेको थियो र विमानस्थल आएपछि एयरलाइन्सले फर्काएको हो भनेर हामीलाई गुनासो गर्नुभएको छैन’ प्रवक्ता झाले भन्नुभयो ‘यदि तपाईँको आँखा कुनै समस्या छ भने चाहिँ डाक्टरकोबाट यो आँखा पाक्ने सरुवा रोग होइन भन्ने खालको कागज लिएर यात्रा गर्नुभयो भने सहज हुन्छ ।’

नेपाल एयरलाइन्सले यात्रुहरूलाई सचेत हुन र आँखा रातो हुने सम्बन्धी कुनै समस्या भएमा डाक्टरलाई देखाई ‘फिट टु फ्लाई’ प्रमाणपत्र लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । तर आँखा पाक्ने रोग सम्बन्धी कुनै पनि लक्षण नभएका यात्रुले भने यस्तो प्रमाणपत्र देखाउन पर्दैन ।

प्रवक्ता झा भन्नुहुन्छ ‘एक जना यात्रुको कारण अरू सबै यात्रु र क्याबिन क्रुसहित पाइलटलाई नै सर्ने सम्भावना भएकाले एयरलाइन्सहरूले सावधानी अपनाउनै पर्छ, त्यसकारण तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिएर यात्रा गर्नुहोस्, कुनै लक्षण छ भने जाँच गर्नुहोस्, आँखा पाक्ने रोग अर्थात् कन्जन्टिभाइटिस भाइरस नभएको पुष्टि भएमा यात्रा गर्न पाइन्छ समस्या हुँदैन ।'

पछिल्लो समय देश भरी नै आँखा पाक्ने रोग फैलिइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया