शङ्कास्पद वस्तु भेटिएपछि बन्द भएकाे आँबुखैरेनी–गोरखा सडक खुल्याे

 भदौ १६, २०८० शनिबार ८:५९:३६ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ ।

नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि आँबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत खुलाइएकाे छ । 

आज बिहान झन्डै ५ बजे सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला पारेपछि सडक बन्द गरिएकाे थियाे । प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएकाे थियाे । 

केहीबेर अघिदेखि सडकमा यातायात सञ्चालनमा आएकाे एसपी अनुपम श्रेष्ठले बताउनु भएकाे छ । शङ्कास्पद वस्तु कसले राख्याे भन्नेबारे अनुसन्धान भइरहेकाे श्रेष्ठले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया