व्यवस्थापन र सरसफाइ नहुँदा जीर्ण बनेका सरकारी कार्यालय (फोटोफिचर)

 भदौ १६, २०८० शनिबार ११:११:५१ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - नागरिकलाई सहज र सरल रुपमा सेवा दिनु सरकारी कार्यालयकाे कर्तव्य हो । नागरिकबाट उठाएकाे करले चल्ने सरकारी कार्यालय नागरिकप्रति उत्तरदायी हुनुपर्छ । तर, नेपालका धेरै सरकारी कार्यालय आफैँ अशक्त र अव्यवस्थित छन् । 

सरकारी कार्यालयबाट नागरिकले सहज, सरल र छिटो छरितो सेवा पाउन मुस्किल छ । सरकारी कार्यालयहरु व्यवस्थित र चुस्त नभइदिँदा दिनहुँ नागरिकहरु सहजै सेवा लिनबाट वञ्चित हुनुपरेको छ।

काठमाण्डौकै सरकारी कार्यालयहरुको अवस्था हरिबिजोग छ । त्रिपुरेश्वरमा रहेकाे पशु सेवा व्यवसायी परिषद्को भवनभित्र वर्षेभेल पसेको छ भने  रेडियो नेपाल परिसर झारपातले ढाकेकाे छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था त्यस्तै छ ।  गुठी संस्थान ललितपुरको जीर्ण भवनमा टेको लगाएको देख्न सकिन्छ भने लोक बाजा सङ्ग्रहालयको अवस्था त्यस्तै नाजुक छ ।  सिंहदरबार अगाडि राखिएको तोपको अवस्था झनै दयालाग्दाे छ । सरकारले सरसफाइ र व्यवस्थापनका लागि कर्मचारी पनि राखेको हुन्छ । तर, सरकारी कार्यालय वरपर फोहरको थुप्रो नै देखिन्छ । 

राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जीर्ण साइन बोर्ड, यातायात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक वडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड लगायतले सरकारी सम्पत्तिको दुरुपयोग र हेलचेक्र्याँइकाे तस्बिर देखाएकाे छ ।

न्युज एजेन्सी नेपालले खिचेका सरकारी कार्यालयका फाेटाे।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया