गणेश रसिककाे एकल साँझ सम्पन्न

 असोज ७, २०८० आइतबार ७:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ - काठमाण्डौको राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रम गरेको हो ।

हिजो दिउँसो तीनबजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी गीतहरु घन्किए ।

भोजपुरको छिनामखुमा जन्मनुभएका गणेश रसिकको सङ्गीत तथा स्वरमा दर्जनौँ गीत लोकप्रिय छन् । २०२४ सालमा गाउँबस्तीका भाका र आवाजमा रेडियो नेपालमा गीत रेकर्ड गरेर व्यावसायिक साङ्गीतिक यात्रा शुरु गरेका उहाँको आज पनि गीत सङ्गीतमा उहाँको उत्तिकै लगाव छ ।

५६ वर्षको लामो साङ्गीतिक यात्रामा उहाँले घरबेटी नानी, रातो भाले खोएँ खोएँ, धेरै सम्झे धेरै हुन्छ, हट्ने होइन डटी लड्ने, तराई हेर कति राम्रो लगायतका तीन सयभन्दा धेरै गीतहरु गाइसक्नुभएको छ । चेतनामूलक र सकारात्मक सन्देश बोकेका गायक रसिकका गीतले लोकलयका भाका, अमर आधुनिक गीत र मनछुने प्रेमिल विम्बको संरक्षणमा टेवा पुगेको छ ।

गाउँले भाका, जनजिब्रोका शब्द, मनछुने कथा र भोगाइलाई सङ्गीतमा उतार्न सक्ने खुबी भएका गायक रसिकको काम र योगदान शब्दमा वर्णन गरेर सकिँदैन भन्नुहुन्छ, गायिका झुमा लिम्बु  । गीत, सङ्गीत र साहित्यमा गर्विलो इतिहास बनाउन सफल गायक रसिकका गीतसङ्गीतले मनोरञ्जनसँगै सामाजिक जागरण र रुपान्तरणको लागि पनि ठूलो भूमिका खेल्दै आएको छ ।

उहाँका कविता, उपन्यास, संस्मरण र निबन्ध विधामा पुस्तक पनि प्रकाशित छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया