मलेसियाले प्यालेस्टिन र हमाससँगको सम्बन्ध जारी राख्ने, इजरायललाई देशको मान्यता नदिने

 कात्तिक २२, २०८० बुधबार १९:२२:५५ | एजेन्सी
unn.prixa.net

मलेसियाले प्यालेस्टिन र हमास समूहसँग सम्बन्ध राख्ने यसअघिको निर्णयलाई यथावत् राख्ने भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो राष्ट्रले हमाससँग सम्बन्ध कायम राख्ने र दण्ड नदिने बताउनुभएको बीबीसीले जनाएको छ ।

संसद्‍लाई सम्बोधन गर्दै प्रधानमन्त्री अनवरले अहिले इजरायलले हमासविरुद्ध गरिरहेको नरसंहारको सबैले खुलेर विरोध गर्नुपर्ने पनि बताउनुभएको छ ।

अमेरिकी प्रतिनिधिसभाले गएकाे हप्ता हमास र प्यालेस्टिनी इस्लामिक जिहादका विदेशी समर्थकहरूलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेपछि विपक्षी सांसदले अनवरलाई मलेसियाली सरकारको अडानबारे सोधेका थिए । प्रश्नको जवाफ दिँदै उहाँले अमेरिकाको कुनै पनि धम्की स्वीकार नगर्ने बताउनुभएको खबरमा उल्लेख छ । उहाँले आफ्नो देशले संयुक्त राष्ट्र सङ्घको महासभाले गरेको निर्णय मान्ने भन्दै प्यालेस्टिनको अस्तित्व समाप्त पार्ने कदम मान्य नहुने उल्लेख गर्नुभएको छ ।

मुस्लिम बहुल राष्ट्र मलेसियाले लामो समयदेखि प्यालेस्टिनी मुद्दाको वकालत गर्दै आएको छ । मलेसियाले इजरायललाई कुटनीतिक रूपमा मान्यता दिएको छैन । अहिले इजरायलले गाजामा गरेको हमलाविरुद्ध दिनहुँजसो मलेसियामा प्रदर्शन हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया