कारको ठक्करबाट पसलमा बसेकी एक महिलाको ज्यान गयो, तीन घाइते

 कात्तिक २०, २०७५ मंगलबार २०:१७:५८ | गोविन्द शर्मा

बाँके – बाँकेको खजुरा बजारमा सोमबार बेलुका कारले ठक्कर दिँदा सडक छेउमा बसिरहेकी एक महिलाको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् । 

बा १५ च ७१५० नम्बरको कारले ठक्कर दिँदा खजुरा –३, कि ५५ अमृता ओलीको ज्यान गएको हो । दुर्घटनामा २९ वर्षीया  अनिता भण्डारी, ३ वर्षीया अमृता भण्डारी र ९ महिने बालक प्रबल भण्डारी घाइते भएका छन् । 

नेपालगञ्जबाट बर्दिया जाँदै गरेको कारले सडक किनारमा रोकिएको अटोलाई ठक्कर दिएपछि त्यसले नजिकै फलफूल पसलमा बसिरहेकाहरु घाइते भएका हुन् । 

ओलीको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । कार चालक बर्दिया बढाइया तालका तेजनाथ पौडेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक मखनकुमार यादवले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया