रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य लिनुपर्ने

 पुस ५, २०८० बिहिबार ६:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर अर्थात् एनओसी अनिवार्य रुपमा लिनुपर्ने भएको छ । परराष्ट्र मन्त्रालयले हिजो बुधवार निकालेको विज्ञप्तिमा रुस यात्रा गर्नु परेमा एनओसी अनिवार्य रुपमा लिनुपर्ने प्रावधान रहेको जानकारी दिएको हो ।

रुसी सेनामा नेपालीहरु भर्ती हुन जाने र युद्धको चपेटामा पर्ने खबर सार्वजनिक भएसँगै सरकारले एनओसी लिनुपर्ने प्रावधान ल्याएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै, अरु विभिन्न गन्तव्यबाट रुस जाँदा पनि एनओसी आवश्यक हुने भएको छ । भारत, बङ्लादेश, श्रीलङ्का, यूएई, साउदी अरबिया, कुवेत, कतार र बहराईनबाट रुस यात्रा गर्नु परेमा पनि त्यहाँ रहेका नेपाली दूतावास र महावाणिज्य दूतावासहरुबाट एनओसी अनिवार्य रुपमा लिनु पर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया