ओलम्पिक फुटबल छनोट : नेपालले आइतबार म्यानमारसँग खेल्दै

 कात्तिक २४, २०७५ शनिबार १४:८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ओलम्पिक अन्तर्गत एसिया छनौट फुटबलमा नेपालले आइतबार घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्ने छ । 

नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजेदेखि सुरु हुनेछ । समूह सी मा रहेको यस खेलमा घरेलु टोली म्यानमारले बंगलादेशमाथि ५–० को जित निकाल्दै स्पष्ट ३ अंक जोडिसकेको छ । 

यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ । आजको खेलमा म्यानमारलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुने छ भने पराजित भएमा अन्तिम खेलमा बंगलादेशसमाथि जित्नै पर्ने दबाब हुने छ । 

नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । 

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, नि? थापा र शर्मिला थापा छन् । 

नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र र टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया