सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
रणबीर कपूर यतिबेला उनको फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त छन् । उनको अर्को फिल्म ‘सञ्जु’ यही जून २९ मा प्रदर्शनको तयारीमा रहेको छ । तसर्थ उनी ‘ब्रम्हास्त्र’ को छायांकनसँगै फिल्म ‘सञ्जु’ को प्रमोशनमा समेत व्यस्त छन् ।
केहीदिन अघिमात्र कपूर दुर्घटनामा परेका थिए । रणबीर फुटबल म्याचका क्रममा दुर्घटनामा परेका हुन् । कपूर मुम्बई सिटी फुटबल क्लबका मालिकसमेत हुन् । क्लबमा सेलिब्रेटीहरुको फुटबल प्रतियोगिता भएको थियो । सोही क्रममा उनलाई चोट लागेको हो । चोट लागे पनि उनले फिल्म निर्माताहरुसँग गरेको सम्झौतालाई पूरा गर्दै कामलाई निरन्तरता दिइरहेका छन् ।
रणबीर कपूरले चोटका कारण काम रोक्न नचाहेको बताएका छन् ।
आफूले गरेको प्रतिवद्धतालाई ध्यानमा राख्दै उनी यतिबेला कामलाई नै महत्व दिइरहेका छन् भने आफूलाई छिटो निको पार्न तथा फिट बनाउन समयमा औषधिसमेत लिइरहेका छन् ।
कपूरले फिल्म ‘सञ्जु’ मा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन । जसका लागि उनले सञ्जयको जस्तो हाउभाउ, लवजका लागि तालिम समेत लिएका थिए । यसै फिल्ममा उनले गरको अभिनय तथा एक्शनलाई लिएर फिल्म प्रदर्शन हुनु अगावै उनको प्रशंशा भइरहेको छ ।
उनको अर्को फिल्म ‘ब्रम्हास्त्र’मा उनी अभिनेत्री आलिया भट्टका साथ काम गरिरहेका छन् । यस फिल्ममा अभिनेता अमिताभ बच्चनको पनि महत्वपूर्ण भूमिका रहनेछ । रणबीर अमिताभ तथा आलियाको छायांकनका क्रममा लिइएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छाइरहेका छन ।