ताइवानको राष्ट्रपतिमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी

 पुस २८, २०८० शनिबार १९:५३:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ताइवानमा सम्पन्न राष्ट्रपति चुनावमा चीन विरोधी भनेर चिनिएका विलियम लाइ विजयी हुनुभएको छ । वर्तमान उपराष्ट्रपति तथा सत्तारुढ ‘डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी’ (डीपीपी) का उम्मेदवार लाइ राष्ट्रपति पदमा विजयी हुनुभएको बीबीसीले जनाएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी विपक्षी दल ‘कुमिन्टाङ’ (केएमटी) का होउ यु–इह ले पराजय स्वीकार गर्नुभएको छ । ताइपेईका मेयर होउ यु–इह चीनसँग घनिष्ठ सम्बन्धको पक्षमा हुनुहुन्छ । लाइको जित पछि आयोजित र्‍यालीमा बोल्दै ताइवानकी वर्तमान् राष्ट्रपति साई इङ–वेनलेले ताइवानमा लोकतन्त्रको जित भएको बताउनुभएको छ ।

ताइवानको स्वतन्त्रता र लोकतन्त्रको लागि कुनै पनि चुनौती र दबाबले प्रभाव नपारेको भन्दै उहाँले मतदाताहरुलाई धन्यवाद दिनुभयो । यस्तै राष्ट्रपतिमा निर्वाचित भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताउनुभएको छ । उहाँले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने बताउनुभयो ।

उहाँले चार महिनापछि मे २० तारेखमा ताइवानको राष्ट्रपतिको शपथ लिनुहुनेछ । आज भएको राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाख जनाले मतदान गरेका बीबीसीले जनाएको छ । एक सय १३ सदस्यीय विधायिकाको पनि मतगणना चलिरहेको छ ।

ताइवानलाई चीनले आफ्नै देशको हिस्सा दाबी गर्नु र ताइवनासँगको सम्बन्धकै कारण चीन र अमेरिकाबीच टकराव रहेकोले यो चुनावलाई विश्वले चासोको साथ हेरेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया