एआईका कारण विश्वभर ४० प्रतिशत जागिर प्रभावित हुन सक्ने

 माघ १, २०८० सोमबार १८:६:२२ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

एक अध्ययनले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स– एआई) प्रविधिका कारण विश्वभर ४० प्रतिशत जागिर प्रभावित हुने देखिएको छ ।

उदीयमान बजार र काम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएका देशहरूले धेरै जोखिमको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को विश्लेषणमा उल्लेख छ ।

एआईको विस्तारले यसको फाइदा र जोखिमको छलफललाई तीव्र बनाएको छ । विकसित अर्थतन्त्र भएका देशमा भने ६० प्रतिशत जागिर एआईबाट प्रभावित हुने आईएमएफले बताएको छ । कम आय भएका देशमा प्रविधिका कारण २६ प्रतिशत जागिरमा मात्रै असर पुग्ने प्रक्षेपण गरेको छ ।

धेरै अवस्थामा एआईले अहिले मानिसले गरिरहेका काम गर्ने क्षमता राख्ने र यसले श्रमिकको मागमा कमी आउने विश्लेषणमा उल्लेख  छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया