लाल सागरमा अमेरिकी जहाजमाथि भएको आक्रमणको जिम्मा हुथी समूहले लियो

 माघ २, २०८० मंगलबार १२:१५:४४ | एजेन्सी
unn.prixa.net

यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

हुथी सेनाका प्रवक्ताले हुथीद्वारा सञ्चालित अल–मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा हिजो भएको आक्रमणको जिम्मेवारी लिएको बताएका हुन् ।

उनले हुथी समूहले अब देश विरुद्धको गतिविधिमा सहभागी हुने सबै अमेरिकी र बेलायती जहाजहरू र युद्धपोतहरूलाई आक्रमण गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आफ्नो समूहले थप द्वन्द्व नखोजेको तर अमेरिका बेलायतले लालसागरलाई अझ खतरनाक बनाएको हुथी समूहको आरोप छ । यसैबीच यमनमा बढ्दो हिंसाले शान्ति स्थापनाको प्रयासलाई कमजोर पार्ने खतरा बढेकाे संयुक्त राष्ट्रसङ्घले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया