पाकिस्तानले इरानमाथि जवाफी आक्रमण थाल्यो, ९ जनाको ज्यान गयो

 माघ ४, २०८० बिहिबार १५:१२:४८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानले इरानमाथि जवाफी आक्रमण गरेको छ । इरानले पाकिस्तानमाथि आक्रमण गरेको एक दिनपछि आज पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

पाकिस्तानले गरेको आक्रमणमा ३ महिला, ४ बालबालिका र २ पुरुष गरी ९ जनाको ज्यान गएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका ठाउँहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

इरानले हिजो पाकिस्तानमा आतङ्कवादी सङ्गठन जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा २ जना बालबालिकाको ज्यान गएको थियो र ३ जना बालबालिका घाइते भएका थिए ।

यसैबीच इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने बताउनुभएको छ । यस्तै अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । अमेरिकी विदेशी मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इरानले पछिल्ला केही दिनमा आफ्ना ३ छिमेकीको सार्वभौम सीमा उल्लङ्घन गरेको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया