उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाए

 माघ ७, २०८० आइतबार १८:३:१४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – जनमत पार्टीका कार्यकर्ताले मधेस सरकारले राजविराजमा स्थापना गरेको मधेस कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयको शिलान्यास कार्यक्रममा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमतका कार्यकर्तले विश्वविद्यालयमा ताला लगाएका हुन् । सप्तरीको राजविराज नगरपालिका–१३ मा भोलि विश्वविद्यालयको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । जनमतले आज विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै कार्यालयमा ताला लगाएको हो ।

तालाबन्दीपछि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको प्रमुख अतिथिका विषयमा जसपा र जनमतका कार्यकर्ताबीच विवाद बढेको छ । जनमतका कार्यकर्ता कुनै पनि हालतमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि नमान्ने र जसपाका कार्यकर्ता अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने अडानमा छन् ।

शिलान्यासको विवादपछि सप्तरीलाई उच्च सतर्कतामा राखी सुरक्षाकर्मी परिचालन गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भीमराज बस्नेतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया