आर्थिक मन्दीको असर बीमा व्यवसायमा पनि देखियो, ६ महिनामै ५३ हजार जना बीमितले 'पोलिसी' त्यागे

 माघ १८, २०८० बिहिबार १६:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आर्थिक मन्दीको असर बीमित र बीमा व्यवसायमा पनि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म ५३ हजार जनाभन्दा धेरै बीमितले बीमा सरेन्डर गरेका छन्, अर्थात् बीमा पोलिसी त्याग गरेर रकम फिर्ता लिएका छन् ।

प्रिमियम तिर्ने समय बाँकी रहँदै बीचैमा पोलिसी त्याग गर्ने बीमितको सङ्ख्या ५३ हजार १ सय १३ जना रहेको बीमा प्राधिकरणलले जनाएको छ । ६ महिनामा बीमितले ६ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको बीमालेख त्याग गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको २ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ बराबरको र लाइफ इन्स्योरेन्स कर्पोरेशनको १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ बराबरका बीमालेख त्याग भएका छन् ।

चालु आर्थिक वर्षको साउनपछि अहिले बीमालेख त्याग्नेको सङ्ख्या पुसमा सबैभन्दा धेरै देखिएको हो । कात्तिकमा बीमा त्याग गर्नेको सङ्ख्यामा सुधार आए पनि मङ्सिर र पुसमा भने सरेन्डर गर्नेहरूको सङ्ख्या फेरि बढेको छ ।

बीमा कम्पनीले पोलिसी नवीकरणका लागि बारम्बार खबर गरे पनि बीमितले नवीकरण गरेका छैनन् । अर्थतन्त्रमा मन्दी देखिँदा त्यसको असर सबैतिर परेको छ । अर्थतन्त्र सुधार नभएसम्म बीमा पोलिसी त्याग गर्नेलाई रोक्न र नयाँ बीमित थप्न गाह्रो पर्ने कम्पनीहरूले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया