स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान, व्यवसाय/परियोजना नै धितो राखेर २५ लाखसम्म ऋण पाउने

 माघ १९, २०८० शुक्रबार १५:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले नवप्रवर्धक उद्यमी प्रोत्साहनका लागि स्टार्टअप उद्यम कर्जाको प्रस्ताव आह्वान गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवथाअनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमीसँग प्रस्ताव मागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेपछि प्रतिष्ठानले प्रस्ताव माग गरेको हो । मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो । मन्त्रालयले स्वीकृत गरेको कार्यविधिअनुसार स्टार्टअप उद्यमका रूपमा १६ वटा क्षेत्रमा उद्यम गर्न सकिने भएको छ । यस वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । तीन प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिने सरकारको तयारी गरेको छ । कर्जा तीन किस्तामा उपलब्ध हुने छ ।

स्टार्टअप उद्यमको मापदण्ड पूरा गरेका, तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुकले आवेदन र प्रस्ताव पेस गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।

कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजनालाई नै धितोका रूपमा राख्ने भएको छ । त्यस्तो व्यवसाय वा परियोजनाको बीमा भने उद्यमी आफैँले गर्नुपर्ने भएको छ । कर्जा सुरक्षण भने कर्जा सुरक्षण कोषमार्फत हुने भएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया