सन् २०२३ मा सुनको विश्वव्यापी माग उच्च बिन्दुमा

 माघ २०, २०८० शनिबार १८:२१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सन् २०२३ मा सुनको विश्वव्यापी माग उच्च बिन्दुमा पुगेको विश्व सुन परिषद् अर्थात् वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ ।

सन् २०२३ मा विश्वव्यापी सुनको माग तीन प्रतिशतले बढेर चार हजार ८ सय ९९ टन पुगेको परिषद्ले जनाएको छ । परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूमा सुनको माग एक हजार ३७ टन रहेको र यो इतिहासकै दोस्रो उच्च भएको उल्लेख छ ।

विश्वव्यापी सुनजन्य सामान विनिमय व्यापार कोष (ईटीएफ) ले सुनको मागसँगै कारोबार बढेको जनाएको छ । सन् २०२३ मा सुनको विनिमय रेकर्ड २४४ टनभन्दा बढी रहेको कोषले जनाएको छ । सुनको बार र सिक्काको विश्वव्यापी माग वार्षिक रूपमा तीन प्रतिशतले घटेको छ भने गहनाको माग बढेर दुई हजार ९३ टन पुगेको छ ।

चीनको आर्थिक सुधारले विश्व बजारमा सुनका गहनाको माग बढाएको परिषद्ले जनाएको छ । सन् २०२३ मा सुनखानीको उत्पादन एक प्रतिशतले वृद्धि भइ तीन हजार ६४४ टन पुगेको प्रतिवेदनमा उल्लेख छ । माग बढेसँगै सुनको भाउ पनि तीव्र गतिमा उकालो लागेको छ ।

हिजो नेपाली बजारमा सुन तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया