अक्टोबर ७ तारिखयता इजरायलले गाजामा गरेको आक्रमणबाट मारिनेको सङ्ख्या साढे २७ हजार नाघ्यो

 माघ २३, २०८० मंगलबार १५:२१:२६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

गएको अक्टोबर ७ तारिखयता इजरायलले प्यालेस्टिनको गाजासहित विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या साढे २७ हजार जना नाघेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणको एक सय २३ औँ दिनसम्म आइपुग्दा २७ हजार पाँच सय जनाको ज्यान गएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ज्यान गुमाउनेमा ११ हजार जनाभन्दा धेरै बालबालिका छन्, घाइतेको सङ्ख्या ६७ हजार जना नाघेको छ ।

इजरायलले गाजासहित प्यालेस्टिनका धेरै क्षेत्र ध्वस्त बनाएको छ । पछिल्लो समय सुत्केरी र बिरामी बसेका आश्रय स्थलमा पनि इजरायलले आक्रमण गरेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणमा निस्कनुभएको छ । इजरायलले गाजामा गरिरहेको आक्रमण, सिरिया र लिबियामा अमेरिकी सैन्य अखडामाथि भइरहेका हमला, इरान र अमेरिकाबीचको बढ्दो तनावलगायतका घटनाको बीचमा ब्लिन्केन मध्यपूर्वको भ्रमणमा निस्कनुभएको हो ।

गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा गरेको आक्रमणपछि ब्लिन्केन पाँचौँ पटक मध्यपूर्वको भ्रमणमा निस्कनुभएको हो । हिजो साउदी अरबमा त्यहाँका युवराजसँग भेटवार्ता गरेका ब्लिन्केन आज इजिप्ट र कतार पुगेर बेलुका इजरायल जाने कार्यक्रम छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया