श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दो, हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने

 माघ २४, २०८० बुधबार ६:५५:१८ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएकाे विज्ञहरुले बताएका छन् । 

श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दु:ख दिने गरेको छ । 

घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा रहेको घर वरपर रहेका यस्ता फल हात्तीलाई मनपर्ने भएकाले बस्तीमा हात्ती पसेको विज्ञहरुले बताएका छन् । विशेषगरी श्रीलङ्काको कुरुनेगालामा मानव र हात्तीबीचको द्वन्द्व बढ्दो क्रममा रहेको बीबीसीले जनाएको छ  ।

स्थानीय अधिकारीहरुका अनुसार बितेका दुई वर्षमा श्रीलङ्कामा हात्तीको आक्रमणमा परेर झण्डै दुई सय जना मारिएका छन् भने झण्डै ४ सय ७० वटा हात्ती मारिएका छन् । औसतमा हेर्ने हो भने बर्सेनि हरेक दिन एकभन्दा बढी हात्ती मर्ने गरेको देखिएको छ ।

पछिल्लो २ वर्षमा हरेक वर्ष ४०० भन्दा बढी हात्ती मरेका छन्। यही दरमा हात्ती मरिरहे श्रीलङ्कामा हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया