१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै

 माघ २८, २०८० आइतबार ९:३३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन् । फाइनल खेल दक्षिण अफ्रिकाको बेनोनीमा नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा भारतले आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले र दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेट हराउँदै फाइनलमा पुगेको हो । १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत सर्वाधिक सफल टोली हो । उसले १४ वटा विश्वकपमध्ये ५ पटक उपाधि जितेको छ।

त्यस्तै दोस्रो सफल टोली अस्ट्रेलियाले ३ वटा जितेको छ । यसपटक नेपाल सुपर सिक्समा पुगेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपालले अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको हो । तर सुपर सिक्समा नेपाल भारत र बङगलादेशसँग पराजित भएको थियो।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया