ललिता निवास जग्गा हिनामिनाको फैसला आज हुने

 फागुन ३, २०८० बिहिबार ६:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ ।

विशेष अदालतले हिजै फैसला सुनाउने तयारी गरे पनि प्राविधिक काम नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । झण्डै एक महिनादेखिको निरन्तर सुनुवाइपछि आज मुद्दाको फैसला हुन लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिबाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाएर चार वर्षअघि विशेष अदालतमा अभियोग दायर गरेको थियो ।

२९९ रोपनी जग्गा नेपाल सरकारका नाममा ल्याएकोमा करिब १४ रोपनी जफत भएको र बाँकी करिब २८५ रोपनी मुआब्जा तिरेर अधिग्रहण गरिएको थियो । त्यसमध्ये अधिग्रहण गरिएको जग्गालाई १६ लाख रुपैयाँभन्दा बढी तिरेको अख्तियारको अभियोगपत्रमा छ । यही जग्गा प्रकरणमा कीर्ते मुद्दा काठमाण्डाै जिल्ला अदालतमा पनि विचाराधीन छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया