नेपालमा मोनोरेल सञ्चालनका लागि दक्षिण कोरियासँग सम्झौता

 फागुन ३, २०८० बिहिबार १५:४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा मोनोरेल सञ्चालनका लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक सङ्गीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कामहरू गर्ने उल्लेख छ । कोरियाको राजधानी सउलमा सम्पन्न 'स्पोर्ट्स ग्लोबर टुरिजम २०२४' गोष्ठीमा नेपाल मोनोरेलसहित सात वटा सम्झौता भएका छन् । कोरियाको नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेशन, हान्याङ विश्वविद्यालय र एमआईटी फाउन्डेशनले संयुक्तरूपमा गोष्ठी आयोजना गरेका थिए ।

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासका लागि कोरियाको दुगेदर कोरिया लभ एन्ड होप स्वयंसेवी समूह र ग्लोबन एनआरएनए फाउन्डेशनबीच सम्झौता भएको छ ।

यस्तै अन्तर्राष्ट्रियस्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यका लागि सम्झौता भएको छ ।  टेबल टेनिस खेलका लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानका लागि पनि सम्झौता भएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया