अब कांग्रेसले चुनावमा गठबन्धन गर्नु हुँदैन : नेता काेइराला

 फागुन ४, २०८० शुक्रबार १८:२६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महासमिति बैठकमा पेस गर्ने तीन वटा प्रस्तावमाथि १६ बुँदे धारणा राख्नुभएको छ ।

ललितपुरको सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले आफ्ना सुझावसहित धारणा राख्नुभएको हो । उहाँले पार्टीका प्रस्ताव मौलिक हुनुपर्नेमा गठबन्धनको छाया देखिएको टिप्पणीसमेत गर्नुभएको छ । अबदेखि कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन गर्न नहुने उहाँकाे भनाइ थियाे ।

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्तावेजहरूमा गठबन्धनको छाया परेको हो कि जस्तो देखियो । महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित हुनुपर्थ्यो, त्यो देखिएन । अबदेखि कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्न कांग्रेसले सबै राजनीतिक दलहरूसँग संवादका लागि पहल गर्नुपर्छ’, उहाँले भन्नुभयाे ।

हिजोको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेस गर्नुभएको थियो । खड्का गठबन्धन सरकारमा उपप्रधान एवम् रक्षामन्त्रीसमेत हुनुहुन्छ ।

नेता कोइरालाले देशको विकास र सुशासनको प्रमुख बाधक नै बेरोजगारीको समस्या र युवा पलायन रहेको बताउनुभयो । उहाँले यसतर्फ विस्तृत अध्ययन गरी समस्या समाधानका सूत्र पहिल्याउन एक उच्चस्तरीय कार्यदल बनाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

कांग्रेसको महासमिति बैठक प्रजातन्त्र दिवस अर्थात् आउँदो सोमवारदेखि शुरु हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया