‘समृद्ध नेपाल : सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो– ओली

 फागुन ४, २०८० शुक्रबार १८:३६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताउनुभएको छ ।

पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै ‘समृद्ध नेपाल : सुखी नेपाली’ को अवधारणालाई अघि सारेको बताउनुभयो ।

‘समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्नका लागि हामी प्रतिबद्ध छौँ । समृद्ध नेपाल : सुखी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो’, उहाँले भन्नुभयाे ।

नेपालले गरिबीविरुद्धको लडाइँमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले नागरिकमा खुशी ल्याउने गरी देशको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया