मधेसका मुख्यमन्त्री यादवले आइतवार तेस्राे पटक विश्वासकाे मत लिँदै

 फागुन ४, २०८० शुक्रबार १८:४०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पर्सि आइतवार तेस्रो पटक विश्वासको मत लिनुहुने भएको छ ।

सरकारमा रहेको जनमत पार्टी गएको माघ ९ गते सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

एक सय सात सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ जनाको समर्थन चाहिन्छ । अहिले जनता समाजवादी पार्टी नेतृत्वमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपा मधेश प्रदेशको सरकारमा छन् ।

आज काठमाण्डौमा बसेको सत्ता गठबन्धनको बैठकलमा मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति भएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया