वाफ महिला च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

 फागुन १२, २०८० शनिबार ९:१९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वाफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समय अनुसार राति पाैने ११ बजे साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्टस् सिटीमा शुरु हुनेछ ।

प्रतियोगितामा नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक तथा अर्को समूहमा आयोजक साउदी अरब, ग्वाम, लेबनान र जोर्डन छन् । समूह ‘बी’ बाट नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलपछि समूह ‘बी’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

नेपाल आज हारेमा प्यालेस्टाइन समूह विजेता बन्नेछ भने नेपाललाई बराबरी नै पर्याप्त हुनेछ । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० गोलले हराउँदै ६ अङ्क जोडेको छ ।

इराकसँगको खेलमा पाँच गोल गोल गरेकी सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट ५० गोल गर्ने पहिलो खेलाडी बनेकी छन् । प्यालेस्टाइनले पहिलो खेलमा इराकलाई ३–० तथा दोस्रो खेलमा सिरियालाई १–० ले हराएर अन्तिम चारमा पुगेको हो । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया