मच्छिन्द्रलाई हराउँदै त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको सेमिफाइनलमा

 फागुन २३, २०८० बुधबार १८:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको तेस्रो क्वार्टरफाइनलमा आर्मीले मच्छिन्द्रलाई २–१ गोलले हरायो । खेलको ११ औँ मिनेटमै गोल गर्दै मच्छिन्द्रले अग्रता लिए पनि दोस्रो हाफमा २ गोल खायो ।

प्रतियोगितामा भोलि अन्तिम क्वार्टरफाइनल खेलमा झापा–११ फुटबल क्लब र एन्फा मकवानपुरबीच खेल हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल पर्सि शुक्रवार र दोस्रो सेमिफाइनल शनिवार हुनेछ । चर्च ब्वाइज युनाइटेड क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन् । फाइनल खेल आउँदो सोमवार हुनेछ ।

१० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया