कालीकोटको महावै गाउँपालिकाले गाउँमै नुनकाे डिपाे सञ्चालन गर्‍याे

 चैत १, २०८० बिहिबार १८:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कालिकोट — महावै गाउँपालिकाले गाउँमै आयोडिनयुक्त नुनको डिपो सञ्चालन गरेको छ । आयोडिनयुक्त नुन लिनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटाउन गाउँमै नुन डिपोको स्थापना गरेको महावैका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।

अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष सिंहको भनाइ छ । हिमचुली कृषि सहकारी संस्थाको साझेदारी र गाउँपालिकाको समन्वयमा डिपो स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।

नुन खरिद गर्न आउनुभएका स्थानीय राजबहादुर सिंहले एक दिन लगाएर नुनका लागि सदरमुकाम जानुपर्ने बाध्यता हटेकाेमा खुशी व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया