रुसी राष्ट्रपतिमा भ्लादिमिर पुटिनको जित सुनिश्चित

 चैत ५, २०८० सोमबार ६:३४:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – रुसमा भएको राष्ट्रपति चुनावमा अपेक्षित रुपमै भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । गएको तीन दिनदेखि भइरहेको मतदानअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ । रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा अझै मतदान भइरहेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाउन शुरु गरिसक्नुभएको बीबीसीले जनाएको छ । यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने हुनुभएको छ ।

पुटिनको विपक्षमा विश्वसनीय प्रतिद्वन्द्वी नभएकाले पनि जित्न सहज भएको खबरमा उल्लेख छ ।

यसैबीच रुसमा मतदान चलिरहेका बेला स्वर्गीय विपक्षी नेता एलेक्सी नाभाल्नीकी पत्नीको आव्हानमा बिरोध प्रदर्शन भईरहेको छ । रुसका विभिन्न सहरमा प्रदर्शन गर्दै तोडफोडमा संलग्न रहेका केही प्रदर्शनकारीहरु पक्राउ समेत परेका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया