पूर्वउपराष्ट्रपति पुनका परराष्ट्रविज्ञ गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटे

 चैत ५, २०८० सोमबार १८:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ — १४ किलो सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङ १५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

जिल्ला अदालत काठमाण्डौका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटी माग गरेकोमा गुरुङ धरौटी बुझाएर छुटेका हुन् । उनीविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । उनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले फागुन १४ गते पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइएको थियो ।

विमानस्थल भन्सार कार्यालयले गएको मङ्सिर २१ गते दुबईबाट काठमाण्डौ आएका चन्द्र घलेबाट १४ किलो सुन बरामद गरेको थियो । त्यही मुद्दामा जोडिएपछि गुरुङ पक्राउ परेका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया