वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रमका लागि निवेदन माग

 मंसिर ५, २०८० मंगलबार ११:३५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गइ ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरेको छ । बोर्डको सचिवालयले सूचना निकालेर आफू अध्ययन गरिरहेकै विद्यालयमा निवेदन दिन भनेको हो ।

यस्तै, सम्बन्धित विद्यालयले आवश्यक कागजातसहित सम्बन्धित पालिकामा सिफारिस गर्नुपर्नेछ । पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म अध्ययन गर्नेहरुले वैदेशिक रोजगार सन्तति छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

छात्रवृत्ति पाउन १८ वर्षमुनिको हुनुपर्नेछ । सचिवालयले छात्रवृत्तिको लागि निवेदन सङ्कलन विवरण पठाउन सबै पालिकाहरुलाई पनि परिपत्र गरेको छ ।  

 

तपाईको प्रतिक्रिया