सर्बिया : न्यूनतम पारिश्रमिक झन्डै ६६ हजार रुपैयाँ; स्वास्थ्य, यातायात र आतिथ्य क्षेत्रमा कामदारकाे माग

 मंसिर १२, २०८० मंगलबार १५:४३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्बिया दक्षिणपूर्वी युरोपमा बाल्कन प्रायद्वीपको मध्य भागमा रहेको भूपरिवेष्टित देश हो । तर युरोपेली सङ्घमा भने सामेल छैन । 

बोस्निया र हर्जगोभिना, क्रोएसिया, म्यासेडोनिया गणतन्त्र र मोन्टेनेग्रोसँग सिमाना जोडिएको छ । साथै अल्बानिया, बुल्गेरिया, हंगेरी र रोमानिया पनि सर्बियाका छिमेकी देशहरू हुन् । यो एक सदनात्मक व्यवस्था भएको गणतन्त्र देश हो ।

नेपालमा जस्तै राज्यको प्रमुख राष्ट्रपति छन् र सरकार प्रमुख प्रधानमन्त्री रहेका छन् । सर्बियाको राजधानी र सबैभन्दा ठुलो सहर बेलग्रेड हो । सर्बियामा विशेषतः पूर्वी अर्थोडक्स इसाई धर्मावलम्बीहरू छन् । तर सर्बियाको आफ्नो कुनै आधिकारिक धर्म छैन । 

राजधानी: बेलग्रेड

जनसङ्ख्या: ७१ लाख ४९ हजार ७७ रहेको छ ।

आधिकारिक भाषा: सर्बियाई ।

धर्म : आधिकारिक धर्म कुनै पनि छैन ।

मुद्रा: सर्बियाई दिनार (आरएसडी) [१ आरएसडी (RSD) बराबर १.२४ नेपाली रुपैयाँ हुन्छ] समय अनुसार विनिमयदर फरक पर्न सक्छ ।

समय भिन्नता: नेपालको समयभन्दा ३ घण्टा ४५ मिनेट ढिला छ ।

भूगोल  

सर्बियामा पहाडी भूभाग छन् र मध्य क्षेत्रमा जङ्गल र उत्तरमा तल्लो मैदानहरू छन् । सर्बियामा खेतीपाती र उत्खनन महत्त्वपूर्ण आय स्रोत हुन् । तर अधिकांश कामदारहरू उत्पादन क्षेत्रमा कार्यरत छन्, जुन उत्तरी औद्योगिक क्षेत्रमा पर्दछ ।

हावापानी 

सर्बियाको हावापानी भूभाग अनुसार फरक फरक छन् । जाडो डिसेम्बर महिनाबाट सुरु हुन्छ र मार्चसम्म रहन्छ । यी महिनाहरू चिसो र ओसिला हुन्छन् । यहाँको तापमान औसतमा २५ र ३० डिग्री सेल्सियसकोबीचमा हुन्छ ।

भिसाको नियम 

सर्बियामा बस्न र काम गर्न चाहने विदेशीहरूको अनुगमन त्यहाँको विदेशी नागरिकहरूको रोजगारीसम्बन्धी कानुनले गर्छ । यसले अस्थायी वा स्थायी बसोबास अनुमति र कार्य अनुमतिको आवश्यकतालाई समेट्छ र विदेशीहरूलाई पनि स्थानीय सर्बियालीहरू जस्तै रोजगारीको अधिकार दिन्छ ।

सर्बियामा काम गर्न चाहनेहरूलाई ९० देखि १८० दिनसम्मको लागि प्रवेश डि-भिसा (D Visa – for work)  दिइन्छ । जसले अस्थायी बसाइको अनुमति दिन्छ । यो अनुमति तीन देखि १२ महिनालाई मान्य हुन्छ । प्रत्येक वर्ष अवधि थप गर्न सकिन्छ । प्रत्येक पटक भिसा नवीकरण गर्न अनुमतिको म्याद समाप्त मितिभन्दा कम्तीमा ३० दिन अघि नै आवेदन पेस गर्नु पर्छ ।

 भाषा र सीप अनिवार्य

यहाँ काम पाउन सीपको साथसाथै भाषाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले सर्बियामा काम गर्न जानुअघि नै त्यहाँ गएर गर्ने काम र सर्बियाई भाषा जान्न आवश्यक छ । मुख्यतया स्वास्थ्य सेवा, यातायात र आतिथ्य क्षेत्रमा सर्बियामा कामदारको माग छ ।

तलब

२०२३ जनवरी देखि लागू हुने गरी सर्बियाले न्यूनतम पारिश्रिमक प्रति महिना आरएसडी (RSD) ५४ हजार ६४९ (करिब ६६ हजार नेपाली रुपैयाँ) तोकेको छ ।

ट्राफिक नियम

यहाँ सडकको दायाँ तर्फबाट सवारी साधन चलाउने नियम छ । सबै सवारी साधनलाई बायाँबाट ओभरटेक गर्नुपर्छ । गाडी चलाउनको लागि कानुनी उमेर १८ वर्ष हो । रगतमा ०.०२% अल्कोहलको स्तरलाई सामान्य मानिन्छ ।

पैदल यात्रीले सधैँ सडक पेटी (फुटपाथ) को प्रयोग गर्नु पर्छ । फुटपाथ नहुँदा पैदल यात्रुहरूले सम्भव भएसम्म सडकको बायाँ तर्फबाट हिँड्न सिफारिस गरिन्छ । साथै, सकेसम्म सवारी साधनबाट सुरक्षित दूरी राख्ने प्रयास गर्नुपर्छ ।

सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न, जेब्रा क्रसिङ, ट्राफिक टापु, फुटब्रिज, सबवे र ट्राफिक बत्तीहरू जस्ता तोकिएका क्रसिङ (क्षत्र) हरू प्रयोग गर्नुपर्छ । बाटो काट्न सुरु गर्नु अघि, ट्राफिक (सवारी साधन) पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्नुपर्छ । बाटो काट्दा सधैँ जेब्रा चिन्हहरू माथि हिँड्नुपर्छ ।

सडकमा केही आपत् परे सहायताको लागि ९८७ (987) डायल गर्न सकिन्छ । त्यस्तै अन्य आपतकालीन नम्बरहरू पुलिस: ९२; दमकल विभाग: ९३; एम्बुलेन्स: ९४ रहेको छ ।

सर्बिया संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन म्यानपावर कम्पनीले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन पर्छ । यसका लागि विभागको वेबसाइट www.dofe.gov.np  मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

नेपाल र सर्बिया (पूर्व युगोस्लाभिया) बीच ७ अक्टोबर १९५९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सधैँ घनिष्ठ र सौहार्दपूर्ण रहेको छ । सर्बियामा नेपालको आधिकारिक नियोग छैन । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले द्विपक्षीय मामिला हेर्छ ।

त्यस्तै, भारतको नयाँ दिल्लीस्थित सर्बियाको राजदूतावासले नेपाल सम्बन्धी मामिला हेर्ने गर्छ ।

बर्लिनस्थित नेपाली दूतावासको सम्पर्क नम्बर

https://de.nepalembassy.gov.np/contact/

गरिकस्ट्रसा २७(दोस्रो तल्ला) १०५८७ बर्लिन सार्लटनबर्ग

फोन: +49 (030) 34 35 99 -20,-21,-22

Email: [email protected], [email protected]

तपाईको प्रतिक्रिया