बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट

 मंसिर १४, २०८० बिहिबार १०:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । अनलाइन फाराम भरेकामध्ये अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार अन्तर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तर्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ । १०० जना नर्सका लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।

नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो । 

तपाईको प्रतिक्रिया