सुरक्षित वैदेशिक रोजगारबारेको निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने

 मंसिर १४, २०८० बिहिबार ११:२७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगार बोर्डले डिसेम्बर १८ मा मनाइने आप्रवासी कामदार दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

‘सुरक्षित वैदेशिक रोजगार’ विषयमा विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ । प्रतियोगितामा देशभरका जुनसुकै विद्यालयका ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले भाग लिन सक्नेछन् ।

कम्तीमा एकहजार शब्दमा लेखिएको निबन्ध यही मंसिर २५ गतेभित्र पठाइसक्न बोर्डले अनुरोध गरेको छ । निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

तपाईको प्रतिक्रिया