Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक - ६१०

वित्तीय साक्षरता भन्नाले वित्तीय श्रोतसाधनलाई आफ्नो भलाइका लागि प्रभावकारी रुपमा प्रयोग गर्न सिकीएको ज्ञान तथा सीप हो । यसले वित्तीय सेवा उपलब्ध गराउनेहरुलाई उनीहरुको सेवा वा उत्पादन बारे राम्ररी बुझ्ने उत्पादनसँग जोडिएका जोखिमबारे जानकार रहन र त्यसलाई व्यवस्थापन गरी ग्राहक पहिचान गर्दै उत्पादनलाई परिमार्जन गर्न सहयोग पुरयाउँछ । वित्तीय सारक्षताले सम्रग वित्तीय प्रणाली अभिवृद्धि गर्न र सहभागिता बढाउन मद्दत गर्छ । न्युन आयस्तर भएका व्यक्तिहरुलाई पैसाको उचित व्यवस्थापन गर्न, पुँजी निर्माणको लागि सहयोग गर्न, उनीहरुको सुरक्षा तथा जीवनमा उपलब्ध विभिन्न अवसरको पहिचान गर्न, पैसाको महत्व बुझ्दै आफ्नो समाजमा भएको सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सक्षम बनाउन वित्तीय शिक्षाको महत्व हुन्छ । आजको कार्यक्रम देश परदेश वित्तीय साक्षरता तालिम लिएर आफ्नो जीवनस्तर उकास्न सकिने उपायमा केन्द्रित छ । आजको कार्यक्रममा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) ले उपलब्ध गराएको २१ हप्ते वित्तीय साक्षरता तालिम लिएर आफ्नो आयश्रोत परिमार्जन गर्दै स्वरोजगार हुनुभएकी धादिङको निलकण्ठ नगरपालिका वडा नं २, बसाहकी रुपा नेपाल र सविता पन्तको अनुभव समावेश छ । साथै, निलकण्ठ नगरपालिका वडा नं १०, धादिङ्गका रामजी प्रसाद इटानीको बैदेशिक रोजगारी सम्बन्धी कविता पनि कार्यक्रममा जोडेका छौं ।वित्तीय साक्षरता भन्नाले वित्तीय श्रोतसाधनलाई आफ्नो भलाइका लागि प्रभावकारी रुपमा प्रयोग गर्न सिकीएको ज्ञान तथा सीप हो । यसले वित्तीय सेवा उपलब्ध गराउनेहरुलाई उनीहरुको सेवा वा उत्पादन बारे राम्ररी बुझ्ने उत्पादनसँग जोडिएका जोखिमबारे जानकार रहन र त्यसलाई व्यवस्थापन गरी ग्राहक पहिचान गर्दै उत्पादनलाई परिमार्जन गर्न सहयोग पुरयाउँछ । वित्तीय सारक्षताले सम्रग वित्तीय प्रणाली अभिवृद्धि गर्न र सहभागिता बढाउन मद्दत गर्छ । न्युन आयस्तर भएका व्यक्तिहरुलाई पैसाको उचित व्यवस्थापन गर्न, पुँजी निर्माणको लागि सहयोग गर्न, उनीहरुको सुरक्षा तथा जीवनमा उपलब्ध विभिन्न अवसरको पहिचान गर्न, पैसाको महत्व बुझ्दै आफ्नो समाजमा भएको सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सक्षम बनाउन वित्तीय शिक्षाको महत्व हुन्छ । आजको कार्यक्रम देश परदेश वित्तीय साक्षरता तालिम लिएर आफ्नो जीवनस्तर उकास्न सकिने उपायमा केन्द्रित छ । आजको कार्यक्रममा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) ले उपलब्ध गराएको २१ हप्ते वित्तीय साक्षरता तालिम लिएर आफ्नो आयश्रोत परिमार्जन गर्दै स्वरोजगार हुनुभएकी धादिङको निलकण्ठ नगरपालिका वडा नं २, बसाहकी रुपा नेपाल र सविता पन्तको अनुभव समावेश छ । साथै, निलकण्ठ नगरपालिका वडा नं १०, धादिङ्गका रामजी प्रसाद इटानीको बैदेशिक रोजगारी सम्बन्धी कविता पनि कार्यक्रममा जोडेका छौं ।