किसानलाई प्रतिस्पर्धी बनाउन इलामको रोङमा ‘गुरु किसान’ छनोट कार्यक्रम

 चैत १५, २०८० बिहिबार १२:३३:४९ | रासस
unn.prixa.net

इलाम – इलामको रोङ गाउँपालिकाले किसानलाई प्रतिस्पर्धी बनाउन ‘गुरु किसान’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कम क्षेत्रफलमा बढी उत्पादन गर्ने किसानलाई ‘गुरु किसान’ का रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले नयाँ अवधारणा अघि सारेको  हो ।

गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले थोरै जमिन र कम लागतमा धेरै उत्पादन गर्ने मेहनती र अगुवा किसानलाई ‘गुरु किसान’ का रूपमा सूचीकृत गरेर सबैलाई व्यावसायिक बनाउन यो अवधारणा अघि सारिएको बताउनुभयो । उनीहरूलाई ‘लोगो’ र परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

‘गुरु किसान भनेका अगुवा, मेहनती किसान हुन् । उनीहरूबाट अरूले सिक्ने हो, त्यसैले उनीहरूलाई गुरु किसान भनिएको हो,’ अध्यक्ष स्याङ्बोले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया