नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द

 चैत १५, २०८० बिहिबार १३:५७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल भ्रमणमा रहेको आयरल्यान्डको 'ए' टोली र नेपालको 'ए' टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेल रद्द भएको छ ।

वर्षाका कारण मैदान भिजेकाले खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ । आजको खेलमा टस पनि हुन पाएन । वर्षाका कारण खेल प्रभावित भएसँगै खेलको तालिका परिवर्तन हुने क्यानले जनाएको छ ।

आयरल्यान्ड 'ए' टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ । नेपाल 'ए' र आयरल्यान्ड 'ए' टोलीले तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्न लागेका हुन् ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो । नेपालले आयरल्यान्ड 'ए' लाई पहिलो खेलमा ६ विकेट तथा दोस्रो खेलमा ७१ रनले हराएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया