अझै ३ दिन देशभर बदली हुने, धेरै ठाउँमा पानी पर्ने

 चैत १५, २०८० बिहिबार १७:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आज देशभरका पहाडी भू–भागमा पानी परेकाे छ भने अन्य ठाउँमा आंशिक बदली भएको छ ।

विशेषगरी आज काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा बढी पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो एक घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

मौसमविद् प्रतिभा मानन्धरकाअनुसार आज राति पनि कोशी, गण्डकी र बाग्मती प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमका केही ठाउँमा पनि पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

अझै तीन दिनसम्म देशभर बदली र धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधवारदेखि नै वर्षा र बदली भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया