दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

 चैत १५, २०८० बिहिबार १८:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दैलेख – त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशाेरलाई प्रहरीको जिम्मा लगाएकाे केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो ।

एसईई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए । पक्राउ पर्ने किशाेर त्रिभुवन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर सोधीखोजी गर्दा घटना बाहिरिएकाे हो । मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने, दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया