राेहित पाैडेलकाे शतकमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेट...
बैशाख १५, २०८१ शनिबार
दार्चुला – दार्चुलामा भीरबाट लडेर वडा सचिवकाे ज्यान गएकाे छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर ज्यान गएको हाे ।
हिजो बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लड्नुभएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
लुहारकाे शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकाे प्रहरीले जनाएको छ ।