रामेछापमा नयाँ शैक्षिक शत्र अगावै पाठ्यपुस्तक

 चैत १७, २०८० शनिबार १८:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप । बिगत वर्षमा शैक्षिक सत्र शुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर बिद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय खुल्नासाथ झोलाभरी पाठ्यपुस्तक बोकेर जान पाउने भएका छन् । सरकारले यसवर्षको शैक्षिक सत्र शुरु हुनु अगावै सबै विद्यालयमा पाठ्पुस्तक पुर्‍याउने उद्घोष गरेसँगै रामेछापमा पनि शैक्षिक सत्र शुरु हुनु अगावै सबै कक्षाको पाठ्यपुस्तक आइपुगेको हो ।

जिल्लामा रहेका सबैजसो पुस्तक पसलमा शुक्रवार कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक आएका छन् । सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा दिने भनि घोषणा गरेसँगै यस बर्ष कक्षा १ देखि ४ सम्मको नीजि क्षेत्रलाई प्रकाशन र वितरणको जिम्मा दिएको छ भने कक्षा ५ देखि १० सम्म पाठ्यपुस्तक  जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले प्रकाशन र वितरणको जिम्मा लिएको थियो ।

बिगतका वर्षमा सिजन शुरु भएको दुई महिनासम्म पनि जनक शिक्षा सामाग्री केन्द्रले पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा ब्यवसायीले जिल्लामा सबै विषयको पुस्तक ल्याउन सकेका थिएनन् । तर यस वर्ष केन्द्रले बेलैमा सेट संख्यामा पुस्तक प्रकाशन गरेका कारण भने चाँडै नै पाठ्पुस्तक जिल्लामा ल्याउन सफल भएको पुस्तक व्यवसायी मिनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार चैत महिनाभित्रै जिल्लामा आएका सबै पाठ्यपुस्तक सामुदायिक विद्यालयमा पुर्याइसक्ने गरी काम अघि बढाइएको बताए । यसवर्ष समयमा नै पाठ्यपुस्तक प्राप्त भएकाले बिगतका वर्षको जस्तो विद्यार्थीले खाली झोला बोकेर विद्यालय जानु पर्ने स्थितिको अन्त्य हुने विश्वास लिएको शिक्षा विकास तथा समन्वय एकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया