वैशाख १ गतेदेखि ठमेल र दरबारमार्गलाई चाैबीसै घण्टा खुलाउने तयारी

 चैत १८, २०८० आइतबार ९:५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आउँदो वैशाख १ गते नयाँ वर्षको पहिलो दिनदेखि काठमाण्डौको ठमेल र दरबारमार्गलाई चाैबीसै घण्टा खुलाउने गरी तयारी शुरु भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ठमेल र दरबारमार्गलाई चाैबीसैसै घण्टा खुला गर्ने तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्ग क्षेत्रलाई चाैबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने अनि रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ ।

काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई चाैबीसै घण्टा खुला गर्नेबारे स्थानीयबासिन्दाले भने विरोध जनाएका छन् । ठमेलका घरधनीको हिजो बसेको बैठकले ठमेललाई चाैबीसै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

काठमाण्डौ महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विशम्भरलाल प्रधानले ठमेललाई चाैबीसै घण्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रको समस्याकाबारेमा अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँले कति क्षेत्रलाई ठमेल मान्ने भन्नेबारे पहिले यकिन गर्नुपर्ने उल्लेख गर्नुभयो । स्थानीयबासिन्दा सोजेशमान मालाकारले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई चाैबीसै घण्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरधनीलाई नसमेटेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया