९० सालको भूकम्पपछि हराएको ‘ग्वलः दे फल्चा’ खोजेर पुनरुत्थान शुरु

 चैत १८, २०८० आइतबार १५:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको वडा नम्बर ८ ले १९९० सालको भूकम्पपछि हराएको जय बागेश्वरी नवाली टोलको ‘ग्वलः दे फल्चा’ खोजेर पुनरुत्थानको काम शुरु गरेको छ ।

फल्चा पुननिर्माण गर्न हिजो वडाध्यक्ष आशामान सङ्गतले जग पूजा तथा शिलान्यास गर्नुभयो । घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र झन्डै ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गर्ने निर्णय गरेको वडाध्यक्ष सङ्गतले बताउनुभयो ।

शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनर्निर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा झन्डै तीन सय २४ पुरानो हो । स्थानीय पाका मानिसहरूका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो । पशुपति क्षेत्रलाई पहिले ग्वलः दे अर्थात् ग्वल देश भनिन्थ्यो ।

फल्चा पुनरुत्थानका लागि वडाले झन्डै १५ लाख रुपैयाँ खर्च गर्नेछ । फल्चा १४ फिट लम्बाइ र साढे छ फिट चौडाइको हुनेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया