इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलको बराबरी, लिभरपुल शीर्ष स्थानमा

 चैत १९, २०८० सोमबार ७:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा आइतवार भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । आइतवार भएको अर्को खेलमा ब्राईटनलाई हराएर लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुलले ब्राईटनलाई २–१ को अन्तरले हराएको हो । ब्राईटनमाथि पुनरागमन जित दर्ता गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । ड्यानी वेलबेकले खेलको दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाएका थिए । तर २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

योसँगै शीर्ष स्थानमा रहेको लिभरपुलको २९ खेलमा ६७ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २९ खेलमा ६५ अङ्क छ । म्यानचेस्टर सिटी भने २९ खेलमा ६४ अङ्क सहित तेस्रो स्थानमा छ ।

यसअघि ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाटेडले एक एक गोलको बराबरी खेलेका थिए । म्यानचेस्टर युनाटेड २९ खेलमा ४८ अङ्क सहित छैटौं स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया