लगातार तेस्राे दिन शेयर बजार घट्याे

 चैत २०, २०८० मंगलबार १५:५५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से १ दशमलव ८५ अङ्कले घटेर दुई हजार १० दशमलव २१ विन्दुमा झरेको छ । हिजो र अस्ति पनि शेयर बजार घटेको थियो ।

आज फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज ज्योति विकास बैंक बोन्ड २०८७ को शेयर सबैभन्दा धेरै साढे ७ प्रतिशतले घटेको छ । बजार समान्य घटेको दिन आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ६१ लाख ३१ हजार कित्ता शेयर २ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गुराँस फाइनान्स कम्पनीको १४ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया