‘दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन’ शीर्षकमा फोटो प्रदर्शनी

 चैत २०, २०८० मंगलबार १७:५९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा आजदेखि 'दुई दशकमा लाङटाङ : प्रकृति, विविधता, भूकम्प र जीवन' शीर्षकमा फोटो प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीमा राखिएका फोटो वाशिङ्टन विश्वविद्यालयका प्राध्यापक रायन्डल सी काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डाक्टर नारायणप्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाले खिच्नुभएको हो । उहाँहरूले अनुसन्धान र तालिमका अवसरमा लाङटाङमा जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटोमध्येबाट एक सयबाट छानिएका फोटो प्रदर्शनीमा राखिएको पुस्तकालकाय सूचना अधिकारी विजय शर्माले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया