नियमिततर्फको एसईई सकियो, विद्यार्थीलाई मन्त्रालयले `करियर काउन्सिलिङ´ गर्ने

 चैत २४, २०८० शनिबार ९:४६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमिततर्फको परीक्षा सकिएको छ । चैत १५ गतेदेखि सञ्चालन भएको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार प्राविधिकतर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने अझै बाँकी छ ।

२७ गतेदेखि एसइईका सबै परीक्षा सकिन्छ । अहिलेसम्मको परीक्षा देशभर शान्तिपूर्ण रुपमा भएको पनि बोर्डले जनाएको छ । बोर्डका अनुसार देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरिएको छ ।

यसैबीच एसईई दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताउनुभएको हो ।

हिजो मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले कक्षा ११ र १२ मा कस्तो विषय पढ्ने भन्नेबारे विद्यार्थीलाई परामर्श दिन करिअर काउन्सिलिङ कार्यक्रम गर्ने बताउनुभएको हो । यस्तो कार्यक्रम कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई पनि सञ्चालन गरिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया