लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि पुनलाई

 चैत २४, २०८० शनिबार १५:५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत पुरुषतर्फको उपाधि बाग्लुङका तीर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे । उनले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै दोस्रो भएका नेपाली सेनाका खड्कबहादुर खड्काले तीन लाख रुपैयाँ पाए । कर्णालीका दुर्गाबहादुर बुढाले तेस्रो भएर दुई लाख रुपैयाँ प्राप्त गरे । यस्तै महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।

२१ किलोमिटर एक सय मिटरको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गरेकी श्रेष्ठले दुई लाख रुपैयाँ प्राप्त गरीन । यस्तै दोस्रो भएकी नेपाली सेनाकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक लाख ६० हजार रुपैयाँ र तेस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले एक लाख २० हजार रुपैयाँ प्राप्त गरिन् ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया