मुख्य पर्यटकीय सिजनमै पर्यटन बोर्ड निष्क्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धनका कार्यक्रम ठप्प

 चैत २५, २०८० आइतबार १८:३:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – पर्यटन प्रवर्द्धनकाे मुख्य जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड मुख्य पर्यटकीय सिजनमै निष्क्रिय रहेको छ । देशको पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारीमा रहेको बोर्ड अहिले लक्ष्यअनुसार सञ्चालन हुन नसक्दा उद्देश्यविमुख अवस्थामा पुगेको पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको भनाइ छ । जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका हो, अहिले बोर्ड त्यो उद्देश्यअनुसार सञ्चालनमा नरहेको देख्दा दुख लाग्ने ढकालको भनाइ छ ।

पर्यटन बोर्ड अहिले सही नीति र नेतृत्वको अभावले थलिएको छ, विभिन्न बाहनामा बोर्डलाई लथालिङ्ग बनाउने काम भइरहेको छ । विषय विज्ञभन्दा बढी राजनीतिज्ञ हाबी हुँदा पर्यटन बोर्ड कमजोर बनेको छ जसले गर्दा अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने मुख्य जिम्मेवारीबाट बोर्ड विमुख बन्दै गएको छ ।

नेपाल पर्यटन बोर्ड ऐन २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन नै उल्लेख छ । तर बोर्डले पछिल्लो अन्तर्राष्ट्रिय कार्यक्रम गरेको पनि १० महिना हुन लागेको छ । सन् २०२३ को जुनमा जापानको होकाइदोमा नेपाल प्रवर्द्धन कार्यक्रमपछि कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएको छैन ।

कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्र यति बेला पुरानै लयमा फर्कनका लागि बाटो खोज्दैछ । देशमा विदेशी पर्यटक बढ्न थालेका छन् र पर्यटकीय गतिविधि पनि बढ्दै गरेको देखिएको छ ।

पछिल्लो तीन महिनामा तीन लाख चार हजार जना पर्यटक नेपाल आएका छन् । तर यति नै बेला अन्तर्राष्ट्रिय जगतमा पर्यटन प्रवर्द्धन गर्नुपर्ने मूल दायित्व बोकेको राष्ट्रिय संस्था पर्यटन बोर्ड भने निष्क्रिय जस्तै छ । अहिले पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त छ । साथै बोर्डमा तीन जना सदस्यको नियुक्ति हुन सकेको छैन ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया